काठमाडौं, बुढानिलकण्ठ –
बुढानिलकण्ठ नगरपालिका–१३ गाम्चाको भद्रकाली मन्दिर परिसरबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने व्यक्ति ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–१ का २६ वर्षीय संदेश राई हुन्, जो काठमाडौंको चुनिखेलमा बस्दै आएका थिए।

राईले बागमती प्रदेश ०२-०३५ प ६५४८ नम्बरको मोटरसाइकलमा नक्कली नम्बर प्लेट ०२-०३४ प ३८१३ राखी चलाइरहेका थिए। उक्त मोटरसाइकल मण्डिखाटारबाट हराएको भन्दै सिन्धुपाल्चोकका राजेन्द्र अधिकारीले ट्राफिक प्रहरीलाई निवेदन दिएका थिए।

पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय