बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को पञ्जिकरण तथा सामाजिक सुरक्षा २ दिने शिविर संचालन गर्ने सम्बन्धमा सुचना जारी गरेको छ ।

जारी गरिएको सुचनामा निम्न ब्यहोरा उल्लेख्य गरि सूचना प्रवाह गरिएको छ ।
उपरोक्त बिषयमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ बाट संचालन हुन गहिरहेको पञ्जिकरण तथा सामाजिक सुरक्षा भत्ता शिविर निम्न बमोजिमको मिति, समय र स्थानमा संचालन हुन लागेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । साथै जन्म, विवाह, मृत्यु, बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटेका तर वडामा दर्ता हुन नसकको भएमा सम्बन्धित शिविरमा घटना दर्ता गराउनु हुन र सामाजिक सुरक्षा भत्ता सम्बन्धि दर्ता तथा अन्य सो सम्बन्धि जानकारी शिविर हुने स्थान बाट प्रदान गरिने व्यहोरा सबै लाई जानकारी गराईन्छ।”

उक्त शिविर संचालनको मुख्य उद्देश्य छुटेका र दर्ता हुन नसकेका घटनाको दर्ताको स्थान बूढानीलकण्ठ मन्दिर परिसर भित्र बिहान ११ बजे देखि ३ बजे सम्म चल्ने शिविरमा आइ दर्ता गर्ने उक्त सुचनामा जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय