बूढानिलकण्ठ नगरपालिका वडा नम्बर -४ बाट प्रहरीले पेस्तोलसहित २८ बर्षिय एक युवक पक्राउ गरेको छ ।

सुरज श्रेष्ठ नाम गरेको युवा पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएको जानकारी प्राप्त भएको हो ।

२८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर

काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीका अनुसार आरोपित युवाको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय