जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति हुने भएका छन् । उनले शनिबारको उपराष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेर भारतको नयाँ उपराष्ट्रपति बनेका हुन् ।

निर्वाचनमा कुल ७२५ सदस्यले मतदान गरेका थिए । जसमध्ये धनखडले ५२८ मत पाएका छन् भने विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत पाएकी छन् ।

जगदीप धनखडले अगस्ट ११ मा उपराष्ट्रपतिको सपथ लिनेछन् । उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले धनखरलाई दिल्लीमा भेटेर बधाई दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय