भोजपुरबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र राई विजयी भएका छन।
भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्रकुमार राईले १६ हजार ११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन् ।







