राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा किशोरीसँग दुर्व्यवहार गरेको भनी प्रहरीद्वारा पक्राउ परेका मदन राई साधारण सदस्य समेत नरहेको भनी विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालिन अवस्थामा अस्वभाविक थिएन । सो कार्यक्रम पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँदछौँ ।
साथै, मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ । उनलाई कानुन बमोजिम कारबाही हुनु पर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।







