मनिषा कोइरालाको जन्म सन १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी बलिउडका चलचित्रहरुमा काम गर्छिन् साथै यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा समेत प्रख्यात अनि परिचित ब्यक्तित्व हुन। उनको बुवाको नाम प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन। उनले बसन्त कन्या महाविद्यालयमा १० कक्षासम्म पढेर पछि वाराणसी गएकी थिइन् उनको चाहना बास्तबमा डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गरेकी थिइन।मनिषा कोइरालाको जन्म राजनीतिक रूपमा प्रतिष्ठित कोइराला परिवारमा काठमाडौं नेपालमा भएको थियो। उनका बुबा प्रकाश कोइराला राजनीतिज्ञ र पूर्ववातावरणमन्त्री थिए भने आमा सुष्मा कोइराला गृहिणी थिए साथै उनका एक भाइ सिद्धार्थ कोइराला छन्, जो एक अभिनेता हुन्। उनका परिवारका धेरै सदस्यहरू राजनीतिज्ञहरु थिए उनका हजुरबुवा विश्वेश्वर प्रसाद कोइराला सन १९५० दशकको अन्त देखि १९६० को शुरुवात सम्म नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो एवम् उनका दुईकाका गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला हुन।
सुरुमा मनिषा कोइरालाले बलिउड चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्। मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नित्यमा परिपूर्ण एउटा नृत्यांगना पनि हुन्। उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले नेपाली चलचित्र ‘फेरी भेटौँला’ १९८९ मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो।कोइरालाले आफ्नो प्रारम्भिक जीवन भारतमा बिताए, र उनी केही वर्ष वाराणसीमा आमाको घरमा र पछि दिल्ली र मुम्बईमा बसोबास गरेकी थिइन् ।
उनले सुभाष घईको निर्देशनमा बनेको सौदागरमा बलिउडमा डेब्यू गरेकी थिइन्, जुन व्यावसायिक सफल समेत भएको थियो। उनलाई माधुरी दीक्षितको लुकलाईक भनेर समेत बलिउडमा चिनिन्छ। मनिषा कोइराला लाई बलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीको रूपमा चिनिन्छ उनलेे १९४२ लभ स्टोरी, अकेले हम अकेले तुम, बम्बे, अग्निसाक्षी, खामोशी, गुप्त, दिल से जस्ता बलिउडका हिट फिल्महरुमा आफ्नो जोडडार अभिनय गरेका थिए। उनि २००४ मा न्यूयोर्क शहरमा सरे र न्यूयोर्क विश्वविद्यालयबाट फिल्म निर्माणमा डिप्लोमा कमाए। न्यूयोर्कमा रहँदा, उनी एक स्वतन्त्र वृत्तचित्र फिल्म निर्माताहरूको समाजको सदस्य बनिन फिल्म निर्माणमा डिप्लोमा गरेकी थिइन।
मनिषाले २०१० मा काठमाडौंमा आयोजित परम्परागत समारोहमा नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन । उनीहरुको भेट अनलाइन सामाजिक सञ्जाल फेसबुक मार्फत भएको थियोे तर यो सम्बन्ध लामो समय सम्म भने टिक्न सकेन किनकि २०१२ मा यो जोडीको सम्बन्धविच्छेद भयो तर २०१२ मा कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको मिडियामा समाचार आयो। धेरै कमजोर महसुस नगरुन्जेल उनलाई यो रोगको बारेमा कुनै जानकारी पाएको थिएन र पछि भाइसँग काठमाडौंको अस्पताल गइन् उपचारका लागि भारत पुगेर मुम्बईको अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनी उपचारका लागि अमेरिका समेत गएकि थिइन् तर यकिन रोगबारे खुलाइएको छैन । १० डिसेम्बरमा उनको शल्यक्रिया भयो । अर्को दिन शल्यक्रिया सफल भएको खबर आयो। उनले केमोथेरापी गर्नुपर्यो र महिनौं न्युयोर्कको अस्पतालमा बिताइन्। तर २०१७ सम्म उनी चार वर्षदेखि क्यान्सरमुक्त थिइन्। क्यान्सरसँग लड्दै र लडाइँ जितिसकेपछि उनी यस रोगको बारेमा सचेतना फैलाउन सक्रिय रूपमा संलग्न छिन्। २०१४ को मध्यसम्म अभिनेत्री क्यान्सर मुक्त थियो।







