असार ९ काठमाडौ,
पछिल्लो समय देशमा मुल्य वृद्धि अकासिए सङ्गै जनताको दैनिक जिवनमा ठुलो असर परेको छ। बजार मुल्य वृद्धि सङगै अकाशिएको र अर्थतन्त्रमा असर परेको बिषयमा छलफल भएको छ।
नेपालका प्रमुख दलहरु बिच यस बिषयमा बैठकमा छलफल पनि भएको जानकारी प्राप्त भएको छ। बैठकमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु सहभागीमा यस सम्बन्धमा छलफल भएको हो।
काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलका अनुसार महँगो नियन्त्रण गर्ने सन्दर्भमा गम्भीर छलफल भएको भनी जानकारी समेत संचार माध्यमहरु लाई गराएको थियोे ।यसका लागि सम्बन्धित मन्त्री सचीव र सरोकारवालाहरु सङ्ग छ्लफल गर्ने समेत भन्नुभएको छ।







