बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अन्तरगतको नया बस्तीको हिलाम्मे बाटोमा ग्राभेल मात्र राखेर बिकास निर्माण अन्तरगत नमुना बाटोको रुपमा परिभाषित गरेको छ भनी स्थानिय माओवादी केन्द्रका एकनेताले आक्रोश पोखेको छ
बिनासुचना कुनै सूचनाबोर्ड न कुनै जानकारी हिड्न समेत नमिल्ने गरि ग्राभेल गरिएको र कार्य सप्पन्न गरिएको भनी बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का माओवादी केन्द्रका एक स्थानिय नेताले बताएका छन उनका अनुसार कहाँ बाट बजेट ल्याएको, कुन तहको सरकार बाट ल्याएको, कुन उपभोक्ता समितिले काम गरेको बिना सुचनाबोर्ड नै काम गरेको भनी उक्त नेताले आक्रोश पोखेको छ । हामी यस नगरका हरेक गतिविधि लाई वाचडगको रुपमा हरेक काम लाई विश्लेषण गरिरहेका छौ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ माओवादी केन्द्रका नेताहरु आफ्नो क्षेत्रमा अहिले यस्ता बिकास निर्माणका नाममा हुने गरेको गतिविधितिर केन्द्रित रहेको राज्यको सम्पत्तिलाई असार बर्षाको भेलले बगाएको जस्तो बजेट लाई टालटुल हिसाबले सम्पन्न गर्ने जस्ता प्रवृति विरुद्ध आफुहरु रहेको समेत बताएका छन ।
बिकास निर्माणका हरेक काम सुरु गर्नु भन्दा अगाडी न्युनतम पुर्याउनुपर्ने मापदण्ड मध्य सुचनाबोर्ड राखी सुचित गर्नुपर्ने भएता पनि अहिले धेरै ठाउँमा त्यसरी कामहरु नहुदा यसबाट गुणस्तरहिन कामहुने सम्भावना व्यापक रहन्छ।







