बैशाख ८ / नेकपा माओवादी केन्द्रबाट बाँकेको नेपालगञ्ज उपमहानगरको मेयरमा दावेदार नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।सत्तारूढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने तालमेल केन्द्रमा भएपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेको छ्न।
उनलाई राप्रपाका उपाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले पार्टीमा स्वागत गरे ।उनले जसरी पनि नेपालगञ्जमा आफूलाई मेयरको टिकट दिनुपर्ने विभिन्न फोरमहरुका बताउदै आएका थिए ।
स्थानिय तहको २०७४ निर्वाचनमा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । राप्रपाले वैश्यलाई मेयर उठाउन सक्ने तयारी रहेको बुझिएको छ।







