काठमाडौं, असार ।
अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ अभिनीत नयाँ चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्र भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
सार्वजनिक ट्रेलरमा केदार घिमिरे, वर्षा शिवाकोटी र विल्सन विक्रम राइको अभिनय प्रस्तुत गरिएको छ। ट्रेलरमा समाजको संघर्षलाई हास्यरसमा प्रस्तुत गरिएको छ।माग्ने बुढाको पुरानै व्यङ्ग्यपूर्ण शैली, वर्षा शिवाकोटीको सशक्त अभिनय र विल्सन राइको समय मिलेको संवाद डेलिभरी ट्रेलरका आकर्षक पक्षहरू हुन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। कमेडी, सामाजिक यथार्थ र व्यङ्ग्य मिश्रित यो चलचित्रले दर्शकलाई पारिवारिक मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
भदौ ६ गतेको प्रदर्शन मिति चाडपर्वको समयसँग मेल खाने भएकाले चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ। माग्ने बुढाको लोकप्रियता, साथमा वर्षा शिवाकोटी र विल्सन राइको उपस्थितिले चलचित्रलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।







