राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा तथा जिल्ला सहकारी संघ लिमिटेड मोरङको आयोजनामा सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन बिषयक एक दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एंव बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलको रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले तालिमको उपलब्धीहरुको विषयमा प्रकाश पार्दै तालिम फलदायी हुने कुरामा बिश्वास व्यक्त गर्नु भयो । उहाँले हाल सहकारी अभियानमा देखापरेका समसामयिक बिषयमा प्रकाश पार्दै सरकारले बजेट मार्फत सहकारीमा भएको करको दर वृद्धी प्रती खेद प्रकटगर्दै महासंघले सरकार समक्ष कुरा राखी समस्या समाधान गर्न प्रयासगर्ने जानकारी गराउनु भयो ।

पोखरेलले जिल्ला सहकारी संघले आफ्नै तालिम हलमा तालिम संचालन गरेकोमा खुस ब्यक्त गर्दै, आगामी दिनमा संघले सहकारी बैंकको सहकार्यमा तालिम ,गोष्ठी ,सेमिनारमा निरन्तरता दिन समेत निर्देशन दिनु भयो । अध्यक्ष डिल्ली पोखरेलले तालिमले सुखद प्रतिफल दिने बिश्वास गर्दै महासंघको सल्लाह सुझाव सदैव ग्रहणिय हुने बताउनु भयो ।

राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्य प्रसाद रिमाल तथा लेखापरिक्षक लक्ष्मी गौतमले सहकारी संघ संस्थामा खाताबन्दी गर्दा र सहकारी क्षेत्रमा भएका करका दरका विषयमा तालिमको सहजीकरण गर्नु भएको थियो । तालिममा २७ वटा संस्थाका ३३ जना सहभागी भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय