काठमाडौ । बुढानिलकण्ठ नगरपालिका वडा न. ३ ,चपलीमा अवस्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा कार्यक्रमको आयोजना हुने भएको छ ।
समायोजन बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ नगरपालिका भित्र रहेका सहकारीहरु मध्येमा एक गतिशील एवम व्यवस्थित सहकारी अन्तर्गत पर्दछ।जसले आफ्नो सदस्यहरुलाई आर्थिक सबल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको एक सफल सहकारी पनि हो।
यस सहकारीको यहि पौष २४ गते १२ औं वार्षिक साधारण सभा हुने छ भने कोभिड विरुद्धको आवश्यक स्वास्थ सतर्कता अपनाइ भौतिक रुपमा नै हुने बारे संस्थाका संचालक एवम प्रबन्धक दामोदर पौड्यालले जानकारी गराउनु भएको छ ।यहि २०७८ पौष २४ गते शनिबारको दिन बुढानिलकण्ठ पार्टी प्यालेसमा बिहान १०:३० बजे हुने साधारण सभा कार्यक्रममा सम्पूर्ण सेयर सदस्य, कमर्चारी एवम शुभचिन्तकहरुलाइ उपस्थित भइदिनुहुन समेत उहाले आग्रह गर्नुभएको छ ।







