प्रवासी नेपाली एकता मञ्च युएईको दोस्रो अधिवेशनमा बिपिन सापकोटाको अध्यक्षताम १४ सदस्यीय कमिटी गठन भएको छ। उक्त संगठन नेकपा एकीकृत समाजवादी निकट हो ।

यहि २०८० साल भाद्र ७ गते आईतबार नेकपा (एकीकृत समाजवादी ) प्रवास संगठन प्रवासी नेपाली एकता मंच युएईको दोस्रो ऐतिहासिक अधिबेशन भब्यताकासाथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता बिपिन सापकोटाले गरेका थिए भने नेकपा( एकीकृत समाजबादी) स्थाइ कमिटी सदस्य तथा प्रवास ईन्चार्ज क श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा उक्त अधिबेशन कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको थियो ।

साथै सो कार्यक्रममा बिशेष अतिथि प्रवासी नेपाली एकता मंच अन्तर्राष्ट्रिय समन्वय कमिटी सदस्य तथा गैरआबसिय नेपाली संघ कतारका निबर्तमान अध्यक्ष महोम्मद मुक्तदा मुसलमानको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सन्दिप पौडेलले गरेका थिए ।

प्रवासि नेपाली एकता मञ्चको अधिबेशनबाट बिपिन सापकोटाको अध्यक्षतामा दोस्रो कार्यकालको लागि ४ पदाधिकारी सहित १४ सदस्यीय कमिटी गठन गरिएको थियो। जसमा बिपिन सापकोटा अध्यक्ष, लोक प्रसद दहाल उपाध्यक्ष, सन्दिप पौडेल सचिव, जीवन आचार्य सहसचिव, अभिषेक रेग्मी सहसचिब निर्विरोध चयन हुनुभएको थियो। उक्त अधिबेशनबाट निम्न सदस्यमा निर्वाचित भएका थिए ।

सदस्य : याद कुमार श्रेष्ठ
सदस्य: कमल सुनार
सदस्य : भुवन राज ढकाल
सदस्य : दुर्गा भण्डारी
सदस्य : पुस्पा साम्बा
सदस्य : बिमल धमाली
सदस्य: सफल न्यौपाने
सदस्य: बिनोद कुमार भुजेल
सदस्य : प्राण तामाङ
सदस्य: नारायण के भट्टरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय