नेपालमा शान्तिको कामना गर्दै बौद्धमा आज एक कार्यक्रम गर्दै युक्रेनमा भैरहेको युद्धबिरामका लागि शान्तिको कामना गरेको छ ।उक्त कार्यक्रममा अमेरिकासहित युरोपेली युनियन (ईयू)का सदस्य राष्ट्रका प्रतिनिधिहरूले युक्रेनमा शान्तिको कामना गर्दै आज साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन्।अष्ट्रेलिया‚ युक्रेन‚ जापान‚ बेलायतलगायत देशका राजदूतले दीप बालेका छन्। आठ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ।
उनीहरूले रूसले तत्काल युद्धविराम गर्दै वार्तामा बसी युक्रेनमाथिको आक्रमण बन्द गर्न आह्वान गरेका छन्। रूस-युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्दै उनीहरूले दीप प्रज्वलन गरेका हुन्।







