खेलाडीहरुले पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाएको घटना एकपछी अर्को दोहोरिएपछि खेलको आयोजक यूईएफएले एउटा नियम हालै पारित गरेको छ । उक्त नियमअनुसार अब उप्रान्त खेलाडीले पत्रकार सम्मेलन गर्दा राखिएको कुनै पनि पेयपदार्थको बोतल हटाउन नपाउने भएको छ । यदि बोतल हटाएमा कारबाही गरिने यूईएफएले जनाएको दिएको छ ।
केही समय अघि पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतललाई हटाएर पानी पिउन आग्रह गरेका थिए । कोकाकोला भन्दा पानी पुउन भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए ।
रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यो क्रियाकलाप बाट कोकाकोलाको बिश्वशेयर बजारको समेत असर परेका बारे व्यापक चर्चा भएको थियोे। रोनाल्डो त्यो क्रियाकलापको चर्चा सेलाउन नपाउँदै फ्रान्सका अर्को खेलाडी पाउल पोग्बाले हेनकेन बियरको बोतल त्यसैगरी हटाएका थिए ।
यो क्रम निरन्तर चलिरहदा इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए । त्यसरी खेलाडीहरुले पत्रकार सम्मेलन गर्दा बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ । अब उप्रान्त त्यस्तो क्रियाकलाप गरेमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत यूईएफएले गरेको हो।
(उक्त भिडियो हेर्नु तलको लिन्क लाई किल्क गर्नुहोस् )







