रवि लामिछाने जित लगभग निश्चित,मतगणना अनुसार लामिछाने धेरै मतान्तरले अगाडी हुँदा चितवन निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुगेको छ ।
अब गणना हुन बाँकी मत भन्दा लामिछानेले पाएको मतान्तर धेरै रहेको छ ।
५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नु भएको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी रहेको छ ।
सभापति लामिछाने र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाएको मत र लामिछाने बिच ३२ हजार ६११ फरक रहेको छ







