राज कुमार पण्डितको निर्देशनमा बनेको नयाँ फिल्म ‘ज्वाइँ साब’ को टिजर पोस्टर सार्वजनिक गरिएको छ।फिल्मको टिजर पोस्टरमा अभिनेता, अभिनेत्री, र अन्य प्रमुख पात्रहरूलाई परम्परागत नेपाली पोशाकमा देखाइएको छ। पोस्टरमा हास्यपूर्ण भाव झल्काउने दृश्यहरू समेत प्रस्तुत गरिएको छ। फिल्मको ट्रेजर यही बुधबार १ बजे रिलिज गरिने जानकारी समेत टिजर पोस्टरले देखाइएको छ। यो हास्यव्यङ्ग्य फिल्मले नेपाली दर्शकलाई एकपटक फेरि हँसाउने उद्देश्य राखेको छ।

फिल्मले नवविवाहित ज्वाइँको कथालाई चित्रण गर्छ, जहाँ परिवार, परम्परा, र परिस्थितिहरूको बीचमा पर्ने हास्यपूर्ण संघर्षको झल्को पाइन्छ। फिल्म ‘ज्वाइँ साब’ असोज २४ गते (दशैं) रिलिज हुनेछ ।

राज कुमार पण्डितको निर्देशनमा बनेको यो फिल्ममा प्रमुख भूमिकामा जितु नेपाल,नीति शाह र बुद्धि तामाङ लगायत अन्य चर्चित कलाकारहरू छन्। चलचित्रको निर्माण टिममा मिनादेवी खड्का, सौगात पण्डित र पदम लाल तामाङ रहेको छ दशैंको अवसरमा प्रदर्शन हुने यो फिल्मले दर्शकहरूको मन जित्न सफल हुन्छ कि हुँदैन भन्ने कुरा समयले नै बताउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय