राजन भट्टराई भिजन नभएको नेता हो,यो क्षेत्रमा गगनले जित सुनिश्चित रहेकोे नेपाली काङ्ग्रेस निर्वतमान बागमती प्रदेशसभासदस्य न्युछेनारायण श्रेष्ठले डा.राजन भट्टराईलाई ओलिको तेल लाउने ब्यक्ति भएको र कुनै भिजन नै नभएको नेता भनी गम्भीर कटाक्ष गरेका छन ।
डा. राजन भट्टराई र गगन थापाको तुलना हुनै नसक्ने भनी उनले एक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएको हो। भट्टराई र थापा काठमाडौ क्षेत्र ४ का प्रतिनिधिहरु हुन भने बर्तमान संघको निर्वाचनमा राजन भट्टराई एमालेको तर्फबाट उम्मेदवार छन भने नेपाली काङ्ग्रेसको तर्फबाट गगन थापा रहेकोे छन ।
काठमाडौ क्षेत्र ४ मा राजन भट्टराई प्रतिनिधिको रुपमा भन्दा पनि केन्द्रको सन्तुष्टिको लागि दौडिने नेता रहेकोे र देशमा भएको ठुलाठला भ्रष्टाचारका नाइके भनी बताएका छन। निवर्तमान प्रदेशसभा सदस्य श्रेष्ठले राजन भट्टराईको तुलना गगन थापा जस्तो भिजनरी युवानेता सङ्ग हुनै सक्दैन भनी आउँदा निर्वाचनमा यस क्षेत्रमा यसअघि पनि गगन थापाले जितेको र अबपनि गगन थापाले नै जित्नेमा आफू ढुक्क रहेकोे बताएका थिए ।







