काठमाडौँ । सेयर बजार नेप्से परिसूचक आज १ सय ६१ अकंले बढेको छ । हिजो लगभग राताम्मे भएर कारोबार घटेको नेप्से आज बढेको हो । आज नेप्से १६१.९४ अकंले बढेर २९८०.७९ विन्दुमा पुगेको हो ।
त्यस्तै नेप्से परिसूचक सेन्सेटिभ पनि बढेको छ । सेन्सेटिभ इडेक्स पनि आज पनि ६.२ प्रतिशत ३१.४१ अकंले बढेर ५५३.४० विन्दुमा पुगेको छ । हिजो निराश भएका लगानीकर्ताहरुको अनुहारमा आजको हरियालीले खुसी दिएको छ ।
आज कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । ५० भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश फाइनान्स कम्पनी र हाइड्रोपावर छन् ।
सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ९.९२ प्रतिशतले बढेको छ । यसैगरी हाइड्रोपावरको ९.११, फाइनान्स समूहको ९.११ प्रतिशत, अन्य समूहको ८.३८ प्रतिशत, लगानी समूहको ६.८३ प्रतिशतले बढेको छ ।







