राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारलाई गरेको समर्थन फिर्ता लिदै केन्द्र र प्रदेशमा समेत समर्थन फिर्ता लिने भन्दै शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिमि र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

एक विज्ञप्ति जारी गर्दै राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय