काठमाडौ / नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा रहि सहरी विकासमन्त्री भएको रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैहुनुहुन्छ ।मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज १२:३० मा पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको भनी उहाँको सचिवालयले जानकारी प्रदान गरेको छ।
गत असार अन्तिम साता प्रधानमन्त्री बनेको शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो ।उहाँले आज १०० दिने प्रगति सार्वजनिक गर्न लाग्नु भएको हो ।







