असार १७,काठमाडौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुद बन्ने विश्वास व्यक्त गरेका छज् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै दुई देशविचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आएकी भारतीय दुतावासकी मिसन उपप्रमुख नाग्मग्या सी खम्पासँगको भेटमा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । सो भेटमा नेपाल–भारतका हवाई सेवा सम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो । खम्पाले मन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।सो भेटमा मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम क्षेत्रबाट प्रवेश विन्दु उपलब्ध गराउने विषयमा छलफल गरी निस्कर्ष निकाल्नका लागि नेपाल–भारतबीच संवाद गर्नुपर्ने बताएका छन् ।
महेन्द्रनगर, नेपालगन्ज र भैरहवाबाट हवाई प्रवेश विन्दु उपलब्ध गराउँनका लागि आवश्यक छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठले बताएका थिए । त्यसैगरी सो अवसरमा दुई देशको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको थियो । सांस्कृतिक, साहसिक तथा खेल पर्यटन प्रवद्र्धनका विषयमा समेट छलफल भएको थियो ।







