असार २,काठमाडौ । वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गरेको छ ।बर्तमान समयमा कोरोना भाइरसको संक्रमणको दर घट्दै गएकोले आन्तरिक उडान खुलाउन माग गरेको कुरा उल्लेख्य गरिएको छ । मंगलबार संघले एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख्य गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ।
कोरोना संक्रमितको दर क्रमश देश भरी नै घट्दो क्रममा रहेकोे छ । यसका बाबजुद लकडाउन निरन्तर रुपमा थपिएकै छन् । लकडाउनलाई मात्र प्रमुख औजारका रुपमा प्रयोग गरिएको छ । यसका नकारात्मक पाटाहरु पनि केलाउन उत्तिकै जरुरी भइसकेको छ । १० औं लाख जनालाई रोजगारी प्रदान गरेका होटल, पर्यटन, यातायात तथा हवाई क्षेत्रले अरबौंको राजस्व मात्रै गुमाएका छैनन्, यसमा आबद्ध हरेकको आम्दानी तथा रोजीरोटीमा व्यापक असर परेको छ । क्रमिक रुपमा यसका नकारात्मक प्रभाव तथा सूचकांकहरू अब देखिदै जानेछन् । तसर्थ यथाशिघ्र आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायहरु सहित नेपाल सरकारलाई यो संघ हार्दिक अपिल गर्दछ ।
लकडाउन निषेधाज्ञा बीच पनि छिमेकी मुलुक तथा संसारैभरि आन्तरिक उडान बन्द नगरिएको बताउँदै संघले अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको जनाएको छ ।
त्यस्तै, यो संघ पुनः यस विज्ञप्तिमार्फत सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिवद्ध रहेको दोहोर्याउँदै, कोभिड विरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडान पूर्व जहाजको संक्रमण रहित सरसफाई, मास्क तथा फेश शिल्डको अनिवार्य प्रयोगले हवाई उडान सहज र सम्भव भएको पनि जनाएको गराउन चाहन्छौ।







