लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको लगानी बोर्डले सीईओको नियुक्तिका लागि प्रक्रिया अघि बढाएपछि यी आवेदनहरू प्राप्त भएका हुन्।

सीईओ बन्न इच्छुक व्यक्तिको उमेर ३५ देखि ६५ वर्षबीचको हुनुपर्ने र उनीहरू कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता प्राप्त गरेका हुनुपर्छ। शैक्षिक योग्यता अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ, वा विकाससम्बन्धी विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट प्राप्त भएको हुनुपर्छ।

यस पदका लागि आवेदकहरूले परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, वा औद्योगिक क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेका हुनुपर्नेछ।

आवेदन दिएका व्यक्तिहरूको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता, र अन्य मूल्यांकनका आधारमा उनीहरूको योग्यता परीक्षण गरिनेछ। मूल्यांकनबाट प्राप्त अंकको आधारमा  तीन जनालाई सिफारिस समितिले सरकारलाई सिफारिस गर्नेछ।

यस सिफारिसका आधारमा सरकारले एक जनालाई बोर्डको सीईओको रूपमा नियुक्त गर्नेछ। यसअघि सीईओ सुशील भट्टले चार वर्षको कार्यकाल पूरा गरी साउन २१ मा पदबाट विदा लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय