नेकपा एकीकृत समाजवादीको काठमाडौ क्षेत्र न ४ ख को उम्मेदवारको रुपमा कुसुमकुमार कार्कीले आसन्न निर्वाचन प्रदेशसभा सदस्यको तयारी थालेको छ । गठबंधनको तर्फबाट प्रदेशसभा सदस्यका लागि लगभग निश्चित उम्मेदवारको रुपमा रहेकोे कार्की क्षेत्र नम्बर ४ का सबल तथा सक्षम र जनताले रुचाएका कुनै विवादमा नपरेका ब्यक्ति समेत हुन ।
देशमा प्रदेश तथा संघको निर्वाचनको मिति घोषणा भैसकेपछि अहिले देशका राजनैतिक दलहरुले धमाधम आफ्नो उम्मेदवारहरुको नाम सार्बजनिक गरिरहेका अवस्था छ।यसै क्रममा काठमाडौ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा गठबंधनको तर्फबाट प्रदेश तथा संघमा उम्मेदवारका नामहरु सार्वजनिक हुने क्रममा छ।
काठमाडौ जिल्लाको महत्त्वपूर्ण निर्वाचन क्षेत्रमध्य काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसको तर्फबाट गगनकुमार थापाको नाम सार्बजनिक भैसकेको अवस्था छ भने काठमाडौ क्षेत्र नम्बर ४ (ख) प्रदेशसभा सदस्यका लागि कुसुमकुमार कार्की लगभग निश्चित उम्मेदवारको रुपमा रहेकोे छ।
कुसुमकुमार कार्कीले प्रदेशसभा सदस्यको लागि आन्तरिक तयारीको थालेको बुझिएको छ भने क्षेत्रलाइ आधार बनाएर कार्यकर्तालाई निर्वाचनमा होमिनका लागि निर्देशन समेत दिइसकेको छ। कार्की यस क्षेत्रका सक्षम प्रतिनिधिको एवं उम्मेदवारको रुपमा समेत चर्चित रहेको छ।बास्तबमा कुसुमकुमार कार्की पार्टी भित्र र विपक्षी पार्टीका नजरमा समेत राम्रो, शालीन भद्र उम्मेदवारको रुपमा पहिचान बोकेको उम्मेदवारको रुपमा लिएको छ ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारको रुपमा आफुलाइ सबल राख्न कुनै कसि बाकी नराखेका यस अघिको प्रदेशसभा सदस्य समेत रहेका आफ्नो निर्वाचन क्षेत्रमा भौतिक बिकास , सामाजिक बिकास लगायतका कार्यक्रमहरु मार्फत आफ्नो क्षेत्र बिकासका लागि निरन्तर लागि परेका परिचित पात्र समेत रहेका छन।







