शताब्दी पुरुष सत्यमोहन जोशीको स्मृतीमा सरकारले बिदा दिने ।नेपालको जिउदो इतिहास भन्दै सत्यमोहन जोशीलाई चिनिन्छ तर शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ । पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भएको बताएका हुन् ।
मन्त्री श्रेष्ठले भन्नुभयो पर्यटन मन्त्रालयको प्रस्तावमा स्वयं सरकारको तर्फबाट प्रधानमन्त्रीज्युले एकदिन राष्ट्रिय विदा दिने भन्ने निर्णय पनि भएको छ । श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका मन्त्री श्रेष्ठले भने, ‘कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुनेछ भनी जानकारी दिएका थिए ।







