शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, र भाषा शिक्षणसँग सम्बन्धित संस्थाहरूलाई नवीकरणको लागि पुनः आह्वान गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार  गत असार १६ गते नवीकरणको लागि गरेको आह्वानको  गरेको थियोे । मन्त्रालयले आज मात्र सुचना जारी गर्दै हाल नवीकरण नभएका र छुटेका संस्थाहरूलाई एक पटक मौका दिने निर्णय गरिएको छ।

मन्त्रालयले जनाएका अनुसार, १,४७३ संस्थाले शैक्षिक सेवा सञ्चालनको अनुमति प्राप्त गरेका छन्, तर तीमध्ये ८७५ संस्थाले मात्र नवीकरण प्रक्रिया पूरा गरेका छन्। यसअर्थ, ५९८ संस्थाहरूले अब भदौ २७ गतेभित्र नवीकरणका लागि आवेदन दिनुपर्नेछ। यस म्यादभित्र नवीकरण नगर्ने संस्थाहरूको अनुमति पत्र खारेज गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

यसअघि, तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले नवीकरणका लागि आह्वान गरेका थिए। हाल शिक्षा मन्त्रीमा बिद्या भट्टराई रहेकि छिन । २०७३ सालदेखि नवीकरण नभएका संस्थाहरूलाई पहिले पनि अवसर दिइएको थियो, तर अझै नवीकरण नगरेका ५९८ संस्थाहरूलाई यो पुनः आह्वान मार्फत अर्को मौका दिइएको हो। यो प्रक्रिया पूरा नगरेका संस्थाहरूलाई अनुमति पत्र खारेज गरेर भविष्यमा अन्य कानूनी कदम चाल्न सक्ने संकेत गरिएको छ।

मन्त्रालयद्वारा जारी सुचना ।

मन्त्रालयद्वारा जारी सुचना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय