असोज २३ काठमाडौ/बागमती अन्लाईन खबर
शिद्वपुरी अभियान नेपाल बुढानिलकण्ठ नगरकमिटी काठमाडौ नेपालको बडादशै तथा दिपावली शुभकामना आदनप्रदान कार्यक्रम रिचमण्ड क्याफे बुढानिलकण्ठ मन्दिर अवस्थितमा आयोजना गरेको छ।
असोज २६ गते शनिबार, बिहान ८ बजे शिद्वपुरी अभियान नेपाल बुढानिलकण्ठ नगरकमिटिका अध्यक्ष जीवन थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा आयोजना गरिएको थियो।कार्यक्रमको मुख्य उद्देश्य अभियानको मुल उद्देश्य नेपालको संस्कृती तथा सम्पदाहरुको संरक्षण गर्ने परिचात्मक सन्देश प्रवाह गर्न रहेको शिद्वपुरी नेपाल अभियानका केन्द्रिय अध्यक्ष सकुल शाहले जानकारी गराएका हुन।
आज भएको उक्त कार्यक्रममा अभियानका निबर्तमान काठमाडौ जिल्ला अध्यक्ष गोबिन्द डङगोलको स्मृतीमा मौन धारणा गर्दै कार्यक्रम औपचारिक सुचारू भएको थियोे भने अभियानका केन्द्रिय अध्यक्ष सकुल शाहको शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमलाई संचालन बागमती अन्लाईन खबरका प्रतिनिधि रबिन्द्र ढुङ्गेलले गरेको थिए भने कार्यक्रममा बुढानिलकण्ठ वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ,सदस्य बबिता रम्तेल ,वडा ३ का विपद ब्यवस्थापन संयोजक मोनिका ,ECI नेपालका सबिन वाग्ले,बागमती अन्लाईन खबरका सन्चालक सुबास श्रेष्ठ,बिगेन नेपाल कोरियन थेरापीका रोज बहादुर श्रेष्ठ,श्री मदन आक्षित आधारभुत बिधालयका प्रधानध्यापक राजाराम भण्डारी तथा निबर्तमान बुढानिलकण्ठ क्षेत्र बिकासका सदस्य सचिब मनोज श्रेष्ठ लगायत समाजसेवी तथा बिशिस्ट ब्याक्तीहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियोे ।







