अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, उनले आज बेलुका अमेरिका प्रस्थान गर्नेछन्।
क्रिकेट वर्ल्डकप लिग टू सिरिजअन्तर्गत अमेरिका, स्कटल्याण्ड र नेपालबीचको प्रतियोगिता अक्टोबर २५ देखि सुरु हुनेछ। नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ।
नेपाली टोलीका अन्य सदस्य भने अमेरिका पुगेका छन्। लिग टूको क्यानडा सिरिज खेलेर अन्य खेलाडीहरू पनि अमेरिका गएका थिए। नेपाली टोली अहिले अमेरिकासँग टी-२० सिरिज खेलिरहेको छ।
सन्दीप लामिछाने भिसा नपाएको कारण क्यानडाबाट नेपाल फर्किएका थिए, तर हाल भिसा पाएपछि आजै बेलुका अमेरिका प्रस्थान गर्न तयार भएका छन् ।







