मोर्चा घोषणा भएको आज पहिलो बैठक आज बस्न लागेको हो।बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न चार बजे बस्ने तय भएको छ।

बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा भएको थियो।

‘पहिलो बैठक हो। कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुन्छ। आगामी कार्ययोजना र समसामयिक राजनितिबारे छलफल हुन्छ,’ उनले भने।बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय