असार १७,काठमाडौं / यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि २ प्रकारका अनुमतिपत्र प्रदान गर्ने भएको छ। जसमा परीक्षणकालीन अनुमतिपत्र र अर्को परीक्षणकालीन समाप्त भएपछि को अनुमतिपत्र हो।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो । विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन ।

‘चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेका हौं,’ विभागका महानिर्देशक नवराज घिमिरेले दिएको जानकारी अनुसार परीक्षणकालीन लाइसन्सको अवधि १ वर्षको हुनेछ । यस अवधिमा पाँचपटकसम्म गम्भीर किसिमको कारबाहीहरुमा परे जस्तै कि ट्राफिक लाइटको पालन लगायत संबेदनसिल त्रुटी भएमा फेरि शुरूदेखि परीक्षा दिनुपर्ने हुन्छ । परीक्षणकालीन लाइसेन्समा क्यूआर कोर्ड राखिएको हुन्छ । त्यसलाई सजिलै ट्राफिकले जाँच गर्न सक्नेछन् । त्यसै गरि परीक्षणकालीन समाप्त पछि दिने लाइसेन्स पनि चिप जडान हुने जानकारी दिएको हो।

विभागले हालसम्म ट्रायल दिँदा ट्राफिक प्रहरीले पुरानो प्रणाली लाई हटाएर वैज्ञानिक बनाउने निर्णय गरेको छ । विभागका महानिर्देशक घिमिरेका अनुसार ट्रायल परीक्षाको जाँच मोबाइलबाट गर्न लागिएको हो । ‘पाँच चरणमा मोबाइल एपमार्फत चालकले गर्ने गल्तीको जाँच गरिनेछ,’ उनले भने, ‘ती पाँच चरणअनुसार नम्बर मापन गरिनेमा गम्भीर त्रुटिमा एपले नै चालकलाई अघि जान दिँदैन ।’

पुरानो प्रणाली हटाएर प्रविधिबाट ट्रायल जाँच गर्दा चालकको सही जाँच हुने र त्रुटि हेर्दा गलत निर्णय हुनसक्ने सम्भावना हट्ने पनि हुन्छ । यसरी प्रयोगात्मक परीक्षा हुँदा अब ७० प्रतिशत मात्रै पाए पनि पास गरिने छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय