सहकारी विभागले सबै सहकारी संघसंस्थालाई स्वेतपत्र सार्वजनिक गर्न निर्देशन जारी गरेको छ। विभागले २०८० सालको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सिफारिसको आधारमा यस निर्देशन जारी गरेको हो। स्वेतपत्र सार्वजनिक गर्ने माध्यम र प्रक्रिया सदस्यहरूको विश्वास र पारदर्शितालाई सुनिश्चित गर्न महत्त्वपूर्ण छ।

नयाँ निर्देशनअनुसार, सबै सहकारी संघसंस्थाले विभागले दिएको ढाँचामा स्वेतपत्र तयार गरी सबै सदस्यहरूलाई सहज पहुँचमा राख्नका लागि उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ। साथै, नियामक निकायको माग गर्दा स्वेतपत्र उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ।

यस प्रकारको निर्देशनले सहकारी क्षेत्रमा पारदर्शिता र विश्वास निर्माणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ। जारी गर्नुपर्ने स्वेतापत्रमा निम्नानुसार ढाचामा राख्नुपर्ने भनी जानकारी दिएको हो ।

१) संस्थाको संक्षिप्त परिचय
२) सञ्चालक सदस्यहरूको विवरण
३) लेखा सुपरिवेक्षण समितिको विवरण
४) व्यवस्थापकको विवरण
५) संस्थाको वर्तमानको अवस्था
६) स्थिर सम्पत्तिको विवरण
७) संस्थागत लगानीको विवरण
८) संस्थाको भावी योजना
९) संक्षिप्त टिप्पणी र प्रतिबद्ध
१०) निष्कर्ष

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय