प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सत्ता गठबन्धनको आइतबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सो कार्यदललाई यथाशक्य छिटो कामलाई टुङ्गोमा पुऱ्याउन निर्देशन दिनुभएको हो ।
मन्त्री कार्कीका अनुसार सिट बाडफाड कार्यदललाई चाडो टुंगो लगाउने बिषयमा केन्द्रित रहि बैठकको सम्पन्न भएको हो ।







