सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर सुकुम्बासी बस्ती बासिन्दाद्वारा थापाथली क्षेत्र तनाव ।काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन क्रम सुरु भए सङ्गै यसमा विवाद पनि सृजना भएको छ ।आज सुकुम्बासी बस्ती हटाउने बिषयलाई लिएर काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ ।

आज साेमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय