सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ भने आज बिश्वासको मत लिनुअघि गठबन्धन दलहरु बिछ छलफल भएको थियोे यस संगै बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए।बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो।यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय