सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार नाै सय रुपैयाँले बढेर आज ताेलाकाे एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ ताेलाकाे एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेको थियो । लगातार तीन दिनसम्म स्थिर रहेको सुनको भाउ हिजोदेखि बढ्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय