असार २४ काठमाडौ / बिहीबार, सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ। यो अघिल्लो दिन अर्थात बुधबारको तुलनामा १०० रुपैयाँ बढी हो। बुधबार यस्तो सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन तेजावी सुनको मूल्य १०० रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ।

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय