सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६०० तोकिएको हो।

महासंघको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ३०० थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार २९० मा कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा  दैनिक सुनचाँदीको मूल्य तोक्ने गर्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय