भदौ १६, काठमाडौ /बागमती अन्लाईन खबर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा चाडै नै “टि-मार्ट” संचालनमा आउने भएको छ।बुढानिलकण्ठको नगरपालिकाको वडा १३ अवस्थित करुणा हस्पिटल संगै संचालनमा आउन लागेको उक्त मार्टमा खाद्यान्न लगायत घरायसी सामानहरु सहित एकै स्थानबाट सेवा दिन लागेको जानकारी उक्त मार्टका संचालक अमृत श्रेष्ठले दिनुभएको छ।
बुढानिलकण्ठ नगरपालिकाका स्थानियहरुलाइ सुपथ र सुलभ मुल्यमा गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गर्नका लागी स्थापना गरिएको सो मार्ट चाडै संचालनमा आउन लागेको हो।
टि-मार्टले आफ्नो सेवालाई घर-घर सम्म पुगेर सेवा दिने अर्थात बस्तु तथा सेवाको सुपुर्दगी(डेलिभरी) समेत गरिने हुदा यस सेवा बाट बुढानिलकण्ठ नगरपालिकाका स्थानियको आफ्नो ब्यस्त समयमा डेलिभरी सेवाले समयको बचत हुने हुँदा यसबाट उपलब्ध सेवाले सेवाग्राहीको दैनिकी जिबनमा सहज बनाउने उद्देश्यका साथ स्थापना भएको मार्ट हो। 







