काठमाडौँ । सोलुखुम्बुमा २१ वर्षीया युवती सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा २६३ मतमध्ये २०२ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् ।
नौ कक्षा पढदादेखि नै निरन्तर राजनितिमा लागी पुजा यो पटक निवार्चित भएकी हुन् । उनी भन्छिन् , म एकदमै खुसी छु , चुनावमा मलाई ९० प्रतिशत क्रियाशील सदस्यले माया गरेर जिताउनु भयो ।
उनी नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसङ्घ इकाइ सभापति बनेकी थिइन् । त्यसपछि उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन् । अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेशनको जिल्ला सहसचिव रहेकी छिन्।







