सौर्य एयरलाइन्सका दुर्घटनाग्रस्त जहाजका क्याप्टेन मनिष शाक्यको उद्दार गरि अस्पताल लगिएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म १३ जनाको शब निकालिएको छ ।
आज करिब बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएर दुर्घटना भएको हो ।
भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
जहाजबाट १३ जनाको शव निकालिएको छ ।
जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।







