२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २२१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।२०७४ सालमा ३ चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।
नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने संविधानका धाराहरुमा उल्लेख्य गरिएको छ भने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीवार रातिसम्म ६०० बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र शुक्रबारबाट नयाँ जनप्रतिनिधिको कार्यकाल शुरू हुने जानकारी दिए ।
‘संवैधानिक व्यवस्थाअनुसार नै बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रवारबाटै सुरु हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।
‘रिजल्ट आएका ठाउँमा शपथ गराउनु भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा शपथ हुन्छ,’ प्रमुख आयुक्त थपलियाले अघि थपे ।३० गते वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको देशका ६ महानगर, ११उपमहानगरसहित केही नगरपालिका र केही गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । केही स्थानीय तहका मतदान केन्द्रमा विविध कारणले बिथोलिएको निर्वाचन पनि धमाधम छ । राजधानीमा खबर छ ।







