स्ववियु अर्थात स्वतन्त्र बिद्यार्थी युनियन के हो बिद्यार्थीहरुका लागि किन महत्त्व छ ? यो प्रश्न हेर्दा जति सरल छ त्यति नै गहन प्रश्न पनि हो बिद्यार्थीहरुको हक र हितकालागि बिद्यार्थीहरु मिलेर एउटा बलियो सङ्गठन तयार पार्नुको लागि, क्याम्पसमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुको एउटा बलियो आवाज उथानका लागी, गरिब दुखी र पिडित बिद्यार्थीहरुको एउटा आश हो स्ववियु प्रत्येक क्याम्पसमा बिद्यार्थीहरुको अधिकारको लागि बोल्ने,लड्ने एउटा थलो आवश्यक हुन्छ त्यहि थलो हो स्वतन्त्र बिद्यार्थीहरुको युनियन जसमा विभिन्न बिद्यार्थी सङ्गठनहरु बिच चुनावी प्रतिस्पर्धा मार्फत प्रतिनिधिहरु चुनिने गरिन्छ बिद्यार्थीहरु आफुले चाहेको र बुझेको ब्यक्तिलाई स्ववियु मतदान मार्फत चुनिने गरिन्छ ।
यस्तो सुन्दा आश्चर्य लाग्छ जो स्ववियु क्याम्पसको निकाश हुनु पर्ने त्यो स्ववियु नै आज अशान्तिको मुख्य कारण बन्दै आइरहेको छ। वर्षभरि क्याम्पसको माहोल शान्त रहदा एकाएक स्ववियु निर्वाचन हुने हल्ला पछि अराजक गतिविधि, कुटपिट, तोडफोड जस्ता गतिविधि सुरुवात हुने गर्छ। यस्ता प्रवितिले के हामीलाई हाम्रो व्यवस्थाले यस्तै नै सिकाइराखेको छ भनि गम्भीर प्रश्न उब्जाएको छ ।
बर्तमान परिस्थितिलाई हामीले अहिले हेर्ने हो भने शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पसमा स्ववियुको निर्वाचन हुने माहोल नै बनिराखेको छैन विद्यार्थीले विद्यार्थीको हकहितको निम्ति आफ्नो नेता चुन्न पाउने अधिकारको हनन भैरहेको आभास यो परिप्रेक्षले बताइरहेको छ । यस्तो परिस्थितिमा विद्यार्थीहरुको आवाज हु भन्ने विद्यार्थी सङ्गठहरु किन मौन र जानी-जानी निर्वाचन गराउन चाहदैनन। स्ववियु भनेको त क्याम्पसको हितको लागि होइन र कस्तो बिड्म्बन्ना !
नेपालको लामो र ठूलो इतिहास बोकेको त्रिचन्द्र क्याम्पसमा किन त निर्वाचन गराउने मिती चैत्र ५ गतेहुने भनिएको आजको मितिसम्म पनि निर्वाचन हुन सकेको छैन ? यो प्रश्नको उत्तर प्राय विद्यार्थी सङ्गठनहरुले एकअर्कालाई आरोपप्रत्यारोपण गरेर टार्ने खोजिदैछ यधपी वास्तवमा त्रिचन्द्र क्याम्पसमा निर्वाचन नहुदा हामी विद्यार्थीहरु सबै दोषी ठहरिन्छाैं र त्यसमा पनि विशेषगरि आफुलाई विद्यार्थी नेता हु भन्नेहरु बढी जिम्मेवार बन्नु पर्छ ।हामी क्याम्पसमा किन चुनाव चाहान्छाैं किनकि विद्यार्थीहरुको माझबाट एउटा कुशल,निडर नेतृत्वको निरन्तरता होस बनोस र त्यसले विद्यार्थीहरुको हकहितका साथै क्याम्पसको भौतिक विकासमा पनि टेवा पुगोस भनेर नै यो महत्त्वपूर्ण रहेको छ । हामी यदि कुनै क्याम्पसमा पढिराखेको छाैं भने त्यो क्याम्पसप्रती माया र सम्मान प्रत्येक विद्यार्थीहरुको हुन आवश्यक छ।अझ भनौं मायामात्र भएर हुँदैन साथमा दरिलो जिम्मेवारी पनिहुनु पर्छ। हरेक विद्यार्थीहरुको क्याम्पसप्रति आफ्नो जिम्मेवारी के त आफुले कसरी योगदान गर्ने भन्ने कुराको आत्मबोध पनि हुनुपर्छ। क्याम्पसका हरेक क्षेत्र चाहे प्रशासनिक क्षेत्र होस यात भौतिक संरचनाको परिस्थितिलाई योजनाबद्ध ढंगले सुधार गर्नु पनि स्वतन्त्र विद्यार्थी युनियनको जिम्मेवारी हो।
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को निर्वाचन समयमा नै हुन नसक्दा यो विषयको जिम्मेवारी कस्ले लिने त विद्यार्थीहरु माथि अन्याय भए पनि राजनितिक उत्सवमा रमाई रहने माथिल्लो तहका नेतागणहरूको चर्को हस्तक्षेपले गर्दा पनि विद्यार्थी आन्दोलन र विद्यार्थी सङ्गठनहरु प्रति आम विद्यार्थीहरुको विश्वास नै उठिसकेको छ। स्ववियुलाई क्याम्पसको हितका लागि नभई राजनितिक भविष्य अथवा राजनितिक लाभको लागि प्रयोग गरेको आरोप लाग्ने गर्दछ त्यस कारणले यसको असर सिधै विद्यार्थीहरुको शिक्षामा पर्ने गर्छ। तालाबन्दी,तोडफोड जस्ता गतिविधिले गर्दा विद्यार्थीहरुले समस्या भोग्नु परेको छ। क्याम्पस भनेको त ज्ञानको मन्दिर हो तर त्यो मन्दिर आजको दिनमा आतंकित बन्दै गइरहेको छ। विद्यार्थीहरुको सपनाहरु असरल्ल पोखेको छ जिवनमाथी नै खेलवाड भईराखेको छ ।
अहिलेको परिस्थितिमा त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन नहुदै गर्दाको असर आउने समयमा पनिदेखा पर्ने छ।लोकतान्त्रिक व्यवस्था भएको हाम्रो मुलुक भित्रको एउटा ऐतिहासिक क्याम्पस त्रिचन्द्र क्याम्पसमा लोकतान्त्रिक व्यवस्थाको भद्दा मजाक बनाएको होकि भनी हामिले आभास गर्ने सक्छौ । सिद्धान्त र ठुलाठुला परिवर्तनका भाषण र गफले मात्रै पनि क्याम्पसको सुधार हुदैन यस्ता सिद्धान्त र विचारहरुलाई व्यवहारिक रुपमा पनि लागूगर्नु सक्नुपर्छ बोल्ने एउटा र गर्ने अर्को प्रवृत्ति हुनु गम्भीर भुल हुनेछ । क्याम्पसम स्वच्छ रुपले विना कुनै अराजक गतिविधिका साथ स्ववियु निर्वाचन हुनुपर्छ अन्य क्याम्पसमा चुनाव सम्पन्न भएता पनि त्रिचन्द्रमा भने निर्वाचन हुने कुनै सङकेत देखा परेको छैन अझ भनौं त्रिचन्द्रमा निर्वाचन गराउन खोजेको जस्तो नाटक मन्चण मात्रै देखा परेको छ।
त्यसैले निर्वाचन हुन नसकेको क्याम्पसमा सोहि क्याम्पसको प्रशासन र नेतृत्व गर्ने विद्यार्थी सङ्गठनहरुले स्ववियुप्रती सकारात्मक दृष्टिकोणको साथ निर्वाचन गराउने प्रक्रीयामा जोडगर्नु पर्छ आपसी असमझदारीहरु सबै सङ्गठनहरु मिलेर सुल्झाउनु पर्छ त्यसो गर्ने सकिएन भने विद्यार्थीहरुले आफ्नो क्याम्पसको अस्तित्व जोगाउन सक्दैनौं र उक्त गम्भीर विषयको जिम्मेवारी हामी सबैले लिनु पर्छ।







