काठमाडौं, नेपाल – नेपाली फिल्म उद्योगका चर्चित अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जालमा साझा गर्दै सकारात्मक सन्देश दिएका छन्। उनले आफ्नो पोस्टमा हालको समयमा फिल्म उद्योगमा चलिरहेको गालि गर्ने प्रवृत्तिलाई नकारात्मक ठहर्याउँदै सबैलाई एक आपसमा सहयोग र समर्थन गर्न आह्वान गरेका छन्।

“यो पालि हामिले एक अर्कालाइ गालि गर्ने ट्रेन्ड सुरू गर्यौं, यस्ले हाम्रो उद्योग कता जाला?” उनले भनेका छन्। गिरीले १२ गौं र छक्का पन्जा जस्ता चलचित्रहरूको सफलताप्रति उल्लेख गर्दै भने, “उनीहरूको शो पनि हाउसफुल भएका छन्, उनीहरूको पनि पक्कै राम्रो छ।”

दीपकले भनेका छन्, “एक अर्कालाइ राम्रो भनेर अगाडि बढ़्न सकिन्न र? एकले अर्को लाइ चुनाव लडेको जस्तो हराउनु पर्ने किन? दुवै जित्न सक्दैन?” उनले सिनेमा र समाचार लेख्नेहरूमा पनि गालि गर्ने प्रवृत्तिलाई खेद प्रकट गर्दै, “हाम्रा वालहरूमा गालि नहोस्, कृपया यस्तो नकारात्मकता त्यागौं।”

उनले सिनेमा उद्योगको विकास र समृद्धिका लागि सबै मिलेर अगाडि बढ्नको आवश्यकता औंल्याएका छन्। “एउटा सिनेमा लाइ होइन, नेपाली सिनेमा लाइ नै जिताऔ!” उनले भनेका छन्।

दीपकको यस सन्देशले फिल्म उद्योगमा एकता र सकारात्मकता ल्याउने आशा व्यक्त गरेको छ। उनले सबैलाई अपील गर्दै भने, “भूलचूक माफ… जय नेपाल!!”

यस सन्देशले नेपाली सिनेमा उद्योगका कलाकार र निर्माता तथा दर्शकहरूमाझ सकारात्मकता र सहकार्यको भावना जगाउन सकोस् भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय