प्रतिनिधिसभाको जारी मतगणनामा हिजो मध्यरातसम्ममा ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ त्यस मध्यबाट अहिलेसम्मको दलहरुले जितेका र परिणाम समेत सार्बजनिक भैसकेको अवस्था रहेको छ ।
माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक ठाउँ जित निकालेका छन् । यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।
माओवादी केन्द्र
१) सिन्धुली-२: लेखनाथ दाहाल
२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती
३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल
४) सिन्धुपाल्चोक-१: माधव सापकोटा ‘सुबोध’
५) रोल्पा: वर्षमान पुन
६) जाजरकोट: शक्ति बस्नेत
७) गोरखा-२: ‘प्रचण्ड’
नेकपा (एकीकृत समाजवादी)
१) अछाम-२: शेरबहादुर कुँवर
२) बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’
३) बझाङ: भानुभक्त जोशी
४) डोटी: प्रेम आले
५) दैलेख-१: अम्मरबहादुर थापा
६) सल्यान- प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौं-८: विराजभक्त श्रेष्ठ
२) काठमाडौं-२ : सोविता गौतम
३) काठमाडौं-७: गणेश पराजुली
४) काठमाडौं-६: शिशिर खनाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके-२: धवलशमशेर राणा
२) जुम्ला: ज्ञानेन्द्र शाही
नागरिक उन्मुक्ति पार्टी
१) कैलाली-३: गंगाराम चौधरी
जनमत पार्टी
१) सप्तरी:२- सिके राउत
जनता समाजवादी पार्टी (जसपा)
१) पर्सा-१: प्रदीप यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला
राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ-१: चित्रबहादुर केसी
स्वतन्त्र
१) बर्दिया-२: लालवीर चौधरी







