जेठ २३,काठमाडौ ।शुक्रबार तोलामा १५ सय रुपैयाँले गिरावट आएको सुनको दरमा आइतबार तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको दर तोलाको ९४ हजार १०० कायम गरेको छ ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९३ हजार ६०० कायम गरिएको छ । शुक्रबार तोलाको ९२ हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले वृद्धि आएको हो गत शुक्रबार ३५ ले घटेको चाँदी आइतबार १५ रुपैयाले वृद्धि भएको महासंघले जनाएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ रुपैयाँ कायम गरिएको छ ।








