कोभिड्को डर,छिमेकी देशमा देखिए सङ्गै मन्त्रालयद्वारा नेपालमा पनि कोभिड-१९ विरुद्ध सतर्कता बढाउन विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा कोभिड- १९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक छ ।
यसै सन्दर्भमा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु लगायत सरोकारवालाहरुको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्कामाभौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन सवैमा अनुरोध गरिन्छ भनी सो विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।







