बुढानिलकण्ठ नगरपालिकाको ३ र ५ क्षेत्रमा ३ दिने स्ट्रीट फुड फेस्टिभल आयोजना हुने भएको छ। नगरपालिकाको पर्यटन बोर्डको आयोजनामा यही २०८२ साल पुस २५ गतेदेखि २७ गतेसम्म फेस्टिभल सञ्चालन गरिने भएको हो।
स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त फेस्टिभलमा स्थानीय होटल, रेस्टुरेन्ट, खाजा पसल, होमस्टे तथा खाना व्यवसायीहरू ले स्टल राख्न पाउनेछन्।
नगरपालिकाले फेस्टिभलका लागि स्टल दर्ता गर्न इच्छुक व्यवसायीहरूलाई पुस २१ गते बिहान ४:०० बजेसम्म आवेदन फाराम बुझाउन आग्रह गरेको छ। आवेदन बुढानिलकण्ठ नगरपालिकाको उद्योग तथा पर्यटन शाखा मा बुझाउनुपर्नेछ।
आवेदन फाराम उपलब्ध हुने स्थान
बुढानिलकण्ठ नगरपालिकाको वेबसाइट: www.budhanilkanthamun.gov.np
बुढानिलकण्ठ पर्यटन बोर्डको वेबसाइट: www.visitbudhanilkantha.com
वा उद्योग तथा पर्यटन शाखाबाट प्रत्यक्ष
प्रति स्टल रु. १,००० (एक हजार रुपैयाँ मात्र) तोकिएको छ। थप जानकारीका लागि सम्पर्क गर्न सकिनेछ।उक्त सूचना बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला द्वारा जारी गरिएको छ ।







