कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७% बोनस सेयर र ५% नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकले आफ्ना शेयरधनीहरूलाई कुल १२% लाभांश दिने निर्णय गरेको हो। यसमध्ये ७% बोनस सेयर र बाँकी ५% नगद लाभांश वितरण गरिनेछ।
यो लाभांश वितरणले बैंकको शेयरधनीहरूलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ भने यसले बैंकको पूँजीमा पनि थप वृद्धि गर्नेछ। कामना सेवा विकास बैंकले पछिल्लो समय लगानीकर्ताहरूका लागि आकर्षक प्रस्तावहरू ल्याउँदै आएको छ।







